अन्य

सरकारले फागुन १ गते देखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै

काठमाडौं– सरकारले फागुन १ गते बुधबार भोली देखि प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै छ । उक्त कार्यक्रमका लागि केही समय अगाडी प्रत्येक स्थानीय तहमा एक रोजगार संयोजक राख्ने गरी सरकारले आवेदन आह्वान गरेको थियो ।


सोही कार्यक्रम अन्तर्गत ७ सय ५३ वटै स्थानीय तहका लागि खटाइने रोजगार संयोजक पदमा आवेदन दिएका परीक्षार्थीहरूको प्रारम्भीक योग्यताका आधारमा सूची सार्वजनिक गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको हिजो (सोमबार) बसेको बैठकबाट सर्ट लिस्ट छानिएको मन्त्रायलले जनाएको छ ।
पहिलो पटक स्वचालित कम्प्युटर प्रणालीबाट नतिजा सार्वजनिक गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा छुट्टाछुट्टै नतिजा सार्वजनिक भएको मन्त्रालयले जानकारी दिएको छ ।
अधिकृत तथा नासुसरह गरी कूल २३ हजार ९१७ आवेदन परेकामा २ हजार २ सय ६२ जनालाई सर्ट लिस्टमा राखिएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशका स्थानीय तहहरूमा खटाउने रोजगार संयोजक पदमा आवेदन दिएकामध्ये माग संख्या ७ सय ५३ को तीन गुणा बढीलाई प्रारम्भीक योग्यताक्रमको सूची (सर्ट लिस्ट) मा समावेश गरिएको मन्त्रालयले जनाएको छ ।
१० हजारभन्दा कम जनसंख्या भएका स्थानीय तहमा नायब सुब्बा सरह र अन्यमा अधिकृत सरह रोजगार अधिकृत राख्नेगरी सरकारले आवेदन मागेको थियो । सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ । यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको ।
अब सर्ट लिस्टमा परेकाहरूलाई कम्प्युटर सीप परीक्षा लिइनेछ । र सफल परिक्षार्थीको अन्तिम सूची सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *