खेलकुद

क्रिकेट स्टेडियम बनाउन मलेसियाबाट धुर्मुस सुन्तलीलाई ३५ लाख

काठमाडौँ चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् ।

अन्तराष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ’सुन्तली’ को उपस्थितिमा तीन सहरमा भएको ’सिटी एक्सप्रेस धुर्मुस सुन्तली साँझ २०७५’ कार्यक्रम अन्तर्गत ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो ।

क्रिकेट स्टेडियम निर्माणका एक अभियन्ता धुर्मुसका अनुसार मलेसियाका तीन सहरमा गरिएको मनोरञ्जनात्मक कार्यक्रमका क्रममा त्यो सहयोग उठेको हो । मलेसियाका तीन शहरहरु क्वालालम्पुर, जोहोरबारु र पेनाङमा गरिएको कार्यक्रमका क्रममा नेपाली दर्शकहरुले उत्साह पुर्वक सहयोग गरेको धुर्मुसले बताएका छन् ।

मलेसियामा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले देखाएको उत्साह र सकारात्मक सहयोगले हामी हर्षित भएका छौं’, धुर्मुसले भनेका छन् ’त्यहाँका व्यवसायी, समाजसेवी र कम्पनीमा कार्यरत नेपालीले यस अभियानलाई सहयोग गर्न फेरि भ्रमणको निम्तो दिनुभएको छ ।’

धुर्मुसले क्रिकेट स्टेडियम निर्माणका लागि विदेशमा रहेका नेपालीले ठुलो आँट र हिम्मत दिएको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *