खेलकुद

जग्गा दिने पूर्व एआइजी साहलाई सम्मान

झापाको दमकमा कवर्ड हल निर्माणका लागि जमिन प्रदान गर्ने एक जना जग्गादातालाई खेलकुद विकास समिति झापाले सम्मान गरेको छ ।

खेलकुद विकास समितिले मंगलबार एक संक्षिप्त कार्यक्रमको आयोजना गरी दमक नगरपालिका ९ निवासी जग्गादाता अमरसिंह साहलाई खादा लगाएर सम्मान गरेका हुन् । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) तथा पूर्व हक्की खेलाडि समेत रहेका साहलाई खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा र नेपाल हक्की संघका सचिव रञ्जन थापाले खादा लगाएर सम्मान गरेका थिए ।

राष्ट्रिय खेलुकद परिषद्ले खेलकुद विकास समितिमार्फत दमकमा कवर्ड हल निर्माणका लागि बजेट निकासा गरेपछि साहले दमक ९ मा १० कठ्ठा जमिन खेलकुदका लागि निःशुल्क दान गरेका हुन् ।

बहुवर्षिय योजना अन्तरगत रहेको कवर्ड हल निर्माणका लागि परिषदले चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेपछि केन्द्र प्रसाईको नेतृत्वमा नारायण ज्योति बहुउदेश्य कवर्ड हल निर्माण उपभोक्ता समिति गठन गरिसकेको छ । सोही समिति मार्फत अहिले निर्माणस्थलमा काम भइरहेको कार्यालय सचिव टहलदास मैनालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *