खेलकुद

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता चैतमा

काठमाडौं / प्रदेश नम्बर पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चैत २३ गते औपचारिक उद्घाटन हुने भएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुन मसान्तभित्र पुर्वाधार निर्माणको काम सम्पन्न गरेर चैत भित्र प्रतियोगिता समापन गर्ने गरि कार्य तालिका बनाएको छ ।

परिषद स्रोतका अनुसार प्रतियोगिताको औपचारिक उद्घाटन चैत २३ गते हुनेछ । राखेपले प्रतियोगिता उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक पत्र पठाई सकेको छ । प्रतियोगिताको चैत ३० गते सम्म सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजकले हाम्रो खबरपाटी डटकम लाई जानकारी दिए।

प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्य राखिएको राष्ट्रिय प्रतियोगिता राखेपले निर्धारित समयमै हुने दाबी गर्दै आएको थियो । उद्घाटन हुने प्याराफिटको निर्माण सम्पन्न हुन नसक्दा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो ।

प्रतियोगिताका खेलहरु भने चैत १६ गतेबाटनै सुरु हुनेछ । आउटडोर खेल, टिम खेलहरुलाई औपचारिक उद्घाटन अगाडीबाटै सञ्चालन गरिने राखेपले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *