शिक्षा

मेचीनगर ८ मा लालिगुरास पब्लिक ईङ्गलीस स्कुल

झापा, बैशाख ०७ । मेचीनगर ८ स्थित प्रगती टोलमा लालिगुरास पब्लिक ईङ्गलीस स्कुल सञ्चालनमा आउने भएको छ ।

नवनिर्मीत लालीगुरास पब्लिक ईङ्गलीस स्कुल परिसरमा शनिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले दियो बालेर उद्घाटन गरेका छन् ।

विर्तामोड नगरपालिकामा बिगत बर्षहरु देखी नै सञ्चालनमा रहेको विद्यालय नया शैक्षिकसत्र संगै स्थानतरण भई मेचीनगर ८ स्थित प्रगती टोलमा सञ्चालन हुने भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि शंकर थापा, अतिथिहरु एमिटी पब्लिक स्कुलका संस्थापक सुवर्ण भट्टराई, साझा मनोरञ्जन संस्थाका अध्यक्ष बिष्णु भट्टराई, कञ्चनजंघा आधारभुत विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कुन्दन निरौलालगायतले विद्यालयको शैक्षिक सफलता शुभकामना दिएका थिए ।

सोही कार्यक्रमका प्रमुख अतिथि थापाले विद्यालयको खेलकुद विकासमा टेवा पेर्याउन दश हजार बराबरको खेलकुद सामाग्री प्रदान गर्ते घोषण गरेका छन् । त्यस्तै स्थानिय बृद्धा दुर्गादेवी सिटौलाले आफ्नो ठाँउमा शिक्षाको विकासका लागि विद्यालय सञ्चालनमा आउने भए पछि खुशी हुदै पाँच हजार विद्यालय व्यवस्थापन लाई प्रदान गर्ने घोषणा गरेकी छिन् ।

एमिटी पब्लिक स्कुलका संस्थापक नेत्रप्रसाद न्यौपाने, समाजसेवी उदय भयडारीलगायतको आतिथ्यता रहेको कार्यक्रममा पत्रकार, शिक्षक, विद्याथी र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

लालिगुरास पब्लिक ईङ्गलीस स्कुलका संस्थापक अर्जुन राजवंशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम सञ्चालन शिक्षिका सिता अधिकारीले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *