संघ \संस्था

रविको पक्षमा झापामा आज पनि विशाल प्रदर्शन

झापा, भाद्र ७ । चर्चित सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाको बिर्तामोडमा आज पनि विशाल प्रदर्शन गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा शनिबार झापाको बिर्तामोडमा स्वस्फूर्तरुपमा स्थानीयले ¥याली निकालेका हुन् ।¥याली बिर्तामोड बजार परिक्रममा गरी मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
सञ्चारकर्मी लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन उनीहरुले ¥याली र कोणसभामार्फत् खबरदारी समेत गरेका छन् ।उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्नेमा पनि जोड दिए । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपूत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए ।

¥यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधिको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्त रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए ।न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले साउन ३० गते पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले गत मंगलबार उनीसहित ३ जनालाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रदर्शनको श्रृंखला बढिरहेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *