अर्थ स्वास्थ्य

छोरी बचाइदिन गिरी परिवारको आग्रह

झापा, भाद्र २२ । दुबै मृर्गौला फेल भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन परिवारजनले अपिल गरेको छ ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित कृष्णमन्दिर टोल निवासी २० वर्षीय छोरी गंगा गिरीको उपचारका लागि बुवा दान बहादुर गिरीले यस्तो आग्रह गरेका हुन् ।

हाल विराटनगरस्थित नोबेल अस्पतालमा उपचाररत् गंगाको १ महिना भित्र मृर्गौला नफेरे ज्यान जान सक्ने डाक्टरले सुझाएका छन् । भावुक हुँदै बुवा दान बहादुरले भने –‘काठमाण्डौ र विराटनगरको हस्पिटलमा राखेको २ महिना भो, उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ मनकारीको सहयोग बेगर त अब उपाय नै छैन ।
गंगाको उपचार गरी उनीलाई पुर्नजीवन दिलाइदिन देश विदेशका सम्पूर्णमा परिवारजनले आग्रह गरेको छ । गंगाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकले गंगा गिरी बचाउ अभियानको नाममा कनकाइ विकास बैंकमा खोलिएको खाता नम्बर ०१७०१३०००५०५३४०००००१ मा सोझै रकम पठाउन सकिने परिवारजनले बताएको छ ।
गंगालाई सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले बुवा दान बहादुरको मोवाइल नम्बर ९८२५९१४५२८ मा पनि सम्पर्क गर्न सकिने गिरी परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *