समाचार

आज संविधान तथा राष्ट्रिय दिवस, देशैभर विभिन्न कार्यक्रम गरी मनाइदैं

काठमाण्डौं, असोज ३ । ‘आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस देशै भरि धुमधामका साथ मनाईदै छ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने नाराका साथ आज संविधान दिवस मनाइदैछ । बिहीबारदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम देशभरि सुरु भएको हो ।

नेपालको संविधान, २०७२ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको छ ।

आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिदैछ । यस्तै विदेशस्थित राजदूतावासमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने तथा प्रदेश र स्थानीय सरकारले पनि आ–आफ्नै तरिकाले दिवस मनाउने कार्यक्रम तय भएको छ । सबै कार्यक्रममा राष्ट्रिय झण्डालाई प्राथमिकता दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *