संघ \संस्था

रङगिन भयो लाफा आमाको घर

बाहुण्डाँगी, १६ पुस । न त कुनै रङ लगाउने मिस्त्री, न त कुनै पेशाले पोख्त व्यक्ति । तर पनि एउटा सादा घर क्षणभरमै रङगिन बन्यो । सबै नयाँ अनुहार, त्यसमा पनि सबै महिलाको सहभागिता । कसैको हातमा रङ लगाउने ब्रस, कसैको हातभा रङको बाल्टी त कसैले पानी । सबै आफ आफ्नो काममा व्यस्त बने । Read More…

संघ \संस्था

पथरी जेसीजको अध्यक्षमा प्रदिप फुयाल

बाहुण्डाँगी, १६ पुस । पथरी जेसीजको अध्यक्षमा प्रदिप फुयाल निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको दशौँ वार्षिक साधारणसभाले फुयाललाई अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा राजकुमार विश्वकर्मा, गोपाल सावा, उपाध्यक्षहरुमा नारायणप्रसाद दाहाल, सविन तामाङ, आविष्कार बस्नेत, उज्जवल लकान्द्री र सचिवमा निरोज बस्नेत निर्वाचत भएका निर्वाचन आयुकत मान दियालीले बताउनु भयो । Read More…

समाचार

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा १५ जना सांसद निलम्बन

विराटनगर, पुस १६ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश १ का संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गरेका छन् । दुई चिरामा विभक्त नेकपा विवादको असर प्रदेश हुँदै स्थानीय तहसम्म पुग्दा एकले अर्को पक्षलाई कारबाही गरिरहेका छन् । यसअघि दाहाल–नेपाल समूहले राईलाई संसदीय दलको नेताबाट हटाउँदै भीम आचार्यलाई दलको नयाँ Read More…

समाचार

चुनावमा आउनुहोस्, बत्ति निभाइने छैन, मतपत्र च्यातिने छैन : प्रधानमन्त्री ओली

काठमाडौं, पुस १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्माओलीले निर्धक्क भएर निर्वाचनमा आउन असन्तुष्ट पक्षलाई आह्वान गरेका छन् । बुधबार काठमाडौँको बबरमहलस्थित नेकपा ओली समूहको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैशाखमा मध्यावधि निर्वाचन हुन्छ कि हुँदैन वा धाँधली हुन्छ कि भनेर शंका नपाल्न आग्रह गरेका हुन् । उनले नेकपाका Read More…

खेलकुद

लिभरपुलसंग न्युक्यासलको बराबरी

काठमाडौं, पुस १६ । प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले न्युक्यासलसँग बराबरी खेलेको छ। बुधबार राति न्युक्यासलको घरेलु मैदानमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँढेको हो । बराबरीको नतिजापछि पनि लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडसंग तीन अंकको अग्रता कायमै राखेको छ । न्युक्यासल १९ अंक जोड्दै तालिकाको १४औँ स्थानमा छ ।

संघ \संस्था

वीरता लेडी जेसीजको अध्यक्षमा स्वस्तिका आचार्य

बाहुण्डाँगी, १५ पुस । वीरता लेडी जेसीजको २०२१ को शाखा अध्यक्षमा स्वस्तीका आचार्य निर्वाचित हुनु भएको छ । बुधवार सम्पन्न शाखाको १७ वार्षिक साधारणसभाले आचार्यलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । २०१० मा वीरता लेडीमा प्रवेश गरेकी आचार्यले विभिन्न जिम्मेवारी पुरा गर्दै २०२० मा कानुनी सल्लाहकार हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ झापाकी सदस्य समेत रहनु Read More…

संघ \संस्था

उन्नत धान उत्पादन ब्लक चुलाचुलीको धान संकलन गृह शिलन्यास

चुलाचुली, पुस १५ । उन्नत धान उत्पादन ब्लक चुलाचुलीको धान संकलन गृहको शिलन्यास भएको छ । १२ लाख ३८ हजार लागतमा बन्ने ३ कोठे भवनको एक कार्यक्रमका बिच कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले सो गृहको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि समेत रहेका कृषि ज्ञान केन्द्र इलामका प्रमुख बर्देवाले उक्त क्षेत्र धान उत्पादनमा Read More…

विविध

कनकाई नगरपालिका प्रमुख पोखरेललाई पितृशोक

कनकाई, पुस १५ । कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेललाई पितृशोक परेको छ । उनका पिता गणेशप्रसाद पोखरेलको ८७ बर्षको उमेरमा बुधवारसाँझ बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा निधन भएको हो । कनकाई नगरपालिका १ दुर्गापुर निवासी पोखरेल तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतको चार कार्यकालसम्म प्रधानपञ्चमा निर्वाचन भई गाउँवासीको सेवा गरेका थिए । केही बर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो भने Read More…

संघ \संस्था

बिरेन्द्रनगर जेसीजको अध्यक्षमा कमल लामिछाने निर्वाचित

बाहुण्डाँगी, १५ पुस । बिरेन्द्रनगर जेसीज सुर्खेतको २०२१ को अध्यक्षमा कमल लामिछाने निर्वाचित हुनु भएको छ । मंगलवार सम्पन्न शाखाको ४२ औँ वार्षिक साधारणसभाले लामिछानेलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा शैलेन्द्र पाठक, गणेश राना, उपाध्यक्षहरुमा आकृति राना, बेदप्रसाद चपाइ, रिदजस गिरी र सागर पौडेल निर्वाचित भएका शाखाका २०२० का अध्यक्ष शिवराज Read More…

संघ \संस्था

बाल आश्रमका बालबालिकालाई खिचडी खुवाएर मनायो विचार चौतारी युवा क्लबले आफ्नो स्थापना दिवस

मेचीनगर, पुस १५ । बढ्दो आधुनिकतासँगै जन्मदिनलाई तडकभडक एवम खर्चिलो गरि मनाउने क्रम बढिरहेको बेला झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा रहेको विचार चौतारी युवा क्लबले आफ्नो संस्थाको स्थापना दिवस फरक तरिकाले मनाएको छ । संस्थाको स्थापना दिवस तथा संस्थाका महासचिव उमेश खतिवडा र कोषाध्यक्ष उत्सव भट्टराईको जन्मोत्सवको अवसर पारेर मेचीनगर नगरपालिका वडा नं.९ मागुरमाडीमा Read More…