विविध

मेचीनगरमा घर भाडामा लिइ यौन धन्दा: तीनजना पक्राउ

झापा, फागुन ८ । झापाको मेचीनगर-७ स्थित प्यारीभिट्टामा चार तले घरकोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका-५ घर भई हाल झापाको मेचीनगर नगरपालिका-७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका-६ बस्ने ४६ वर्षीय सूर्य भनिने श्यामप्रसाद सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

तीनजना पक्राउ परेसँगै दुई युवतीलाई त्यहाँबाट उद्धार गरी प्रहरीले घर पठाइ दिएका छन्। यता, पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *