अर्थ स्वास्थ्य

छोरी बचाइदिन मगर परिवारको आग्रह

युवराज आचार्य
झापा, फागुन २६ ।
ब्लड क्यान्सर भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्ष ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ वर्षीय छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी हुन् ।

१२ बर्ष अघि पति गुमाई सकेकी पुष्पालाई यतीबेला आफ्नो जिवनको एक मात्र साहारा छोरी पनि ब्लड क्यान्सर जस्तो खतरनाक रोगबाट पीडित हुँदा सहनै नसक्ने बज्रपात परेको छ ।

हाल भरतपुर क्यान्सर अस्पतालमा उपचाररत् एलिसाको अवस्था चिन्ता जनक रहेको र समयमा नै उपचार नगरे ज्यान जान सक्ने डाक्टरले सुझाएका छन् । भावुक हुँदै आमाले भनिन् उपचार गर्दा गर्दै भएको जायजेथा पनि सबै रित्तियो, अहिले ऋण खोजेर उपचार गर्दैछु’ मनकारीको सहयोग बेगर त अब उपाय नै छैन ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको त्यसमा पनि परिवारमा आमा छोरी मात्र रहेको र दुई छाक खाना जेनतेन मजदुरी गरेर टार्ने पुष्पाले आफ्नीलाई पुर्नजीवन दिलाइदिन देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आग्रह गरेकी छिन् ।

एलिसाको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक सहयोगी दाताहरुले आमा पुष्पाको मोवाइल नम्बर ९८४२४३६८७३ मा सम्पर्क गर्न सकिने परिवारजनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *