विश्व

कोरोना भाइरस: मृत्यु हुनेको संख्या १ लाख ४५ हजार नाघ्यो

काठमाडौं, बैशाख ५ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख ४५ हजार ५०७ जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट २१ लाख ८१ हजार ७५८ जना संक्रमित भएका छन् ।

अहिले विश्वका विभिन्न अस्पतालमा १४ लाख ८९ हजार १८२ को उपचार भइरहेको छ । जसमध्ये ५६ हजार ६०२ को अवस्था गम्भीर छ । ५ लाख ४७ हजार ६९ जना उपचारपछि घर फर्किएका छन् ।

विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ६ हजार ९९६ जनाको मृत्यु भएको छ । ९५ हजार २२ नयाँ संक्रमित थपिएका छन् । यो हिजोको भन्दा धेरै हो ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार बिहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार ६०२ पुगेको छ ।

अमेरिकामा एकैदिन २९ हजार १७७ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ लाख ७७ हजार १८० पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ५७ जार ५०८ जना उपचारपछि निको भएका छन् । १३ हजार ३६९ जनाको अवस्था गम्भीर रहेको छ । ५ लाख ८५ हजार ७० जना उपचाररत छन् ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान गुमाएका थिए । एकैदिन ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ९२० पुगेको छ । एकै दिन १७ हजार १६४ जना संक्रमित भएसँगै कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार २७ पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये ३२ हजार ८१२ जना उपचारपछि निको भएका छन् । ६ हजार २४८ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख १४ हजार २९५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३ हजार ९३ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८९ हजार ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *