खेलकुद

एटलेटिकोलाई हराउँदै लाइप्जिग सेमिफाइनलमा

काठमाडौं, साउन ३० । जर्मनी क्लब आरबी लाइप्जिग सेमिफाइनलमा पुगेको छ ।

गएराति सम्पन्न च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गतको खेलमा आरबी लेइपजिंगले एटलेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

आरबी लाइप्जिग लागि डानी ओल्मो र टेलर एडम्सले एक एक गोल गरेका थिए भने एटलेटिकोका लागि जोअओं फेलिक्सले एक गोल गरेका थिए ।

१–१ गोलको बराबरी रहेको अवस्थामा खेलको ८८औ मिनेटमा एडम्सले गोल गर्दै आरबी लेइपजिंगलाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याएका हुन् ।

अब सेमिफाइनलमा लाइप्जिग पीएसजीसँग अगस्ट १८ मा खेल्ने छ ।