समाचार

स्वदेश फिर्ता गराउन आजदेखि पाँचौं चरणको उद्धार उडान

काठमाडौं, भदा‍ै १ । सरकारले विदेशमा अलपत्र परेका र रोजगारी गुमाएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउन पाँचौं चरणको उद्धार उडान आजदेखि गराउदै छ। उडानका लागि नेपाल वायुसेवा निगमले (आज) १ भदौदेखि १५ दिनमा १७ वटा उडान गर्ने छ ।

१ भदौदेखि नियमित उडान गर्ने भनिएपनि कोरोनाभाइसर कोभिड–१९ को संक्रमण बढ्दै गएका कारण सरकारले १६ भदौदेखि मात्रै नियमित उडान खुला गर्ने निर्णय गरी केको छ । सो अवधिसम्म सरकारले निगमलाई ३ र १४ भदौमा दैनिक २ उडान र सो बाहेकका अरु दिन दैनिक १ वटा उडानको अनुमति दिएको वायुसेवा निगमले जानकारी दिएको छ।

निगमले गर्ने उद्धार उडानमा १ भदौदेखि १५ गतेसम्ममा यूएईको दुबई, कतारको दोहा, मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, कुवेत, साउदीकै जेद्दा, रियाद र जापानको नारिता उडान गर्ने भएको छ।