स्वास्थ्य

झापामा कोरोना संक्रमितको संख्या ८६० पुग्यो, ८ जनाको मृत्यु

झापा, असोज १३ । झापामा मंगलबार नौ जना स्थानीयबासीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससंगै झापामा कोरोना संक्रमितको कुल संख्या ८६० जना पुगेको छ ।

आज झापामा दुई जना महिला र सात जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भद्रपुर नगरपालिका वडा नं. ५ र १० का तीन जना पुरुष, अर्जुनधारा नगरपालिका वडा नं. ३ का एक महिला एक पुरुष गरि दुई जना र दमक नगरपालिका वडा नं. १, ५, ७ र ८ का एक महिला र तीन पुरुष गरि चार जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए।

दमककी एक महिलाको नोबेल मेडिकल कलेज बाट स्वाब संकलन गरिएको र भद्रपुरमा संक्रमण पुष्टि भएका एक जना अर्जुनधारा ९ ठेगाना भएको चम्लागाईले जानकारी दिए।

झापामा डिचार्ज हुनेको संख्या ७८३ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ६९ छ भने कोरोनाबाट हाल सम्म झापामा ८ जनाको मृत्यु भइसकेको छ ।