राजनीति

नेकपालाई एकढिक्का बनाएर लैजानुपर्नेमा क्षेत्र नम्बर १ का नेताको जोड, गरे आफ्ना नेता कार्यकर्तालाई यस्तो अपिल

मेचीनगर, पुस २६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का झापा क्षेत्र नं. १ का नेताहरुले पार्टी बिभाजित हुने कुनै पनि गतिविधिमा नलाग्न सबै नेता, कार्यकर्ता तथा बिभिन्न जिम्मेवारीमा रहने सबै नेकपा सदस्यहरुलाई अपिल गर्नु भएको छ ।

झापा क्षेत्र नं। १ का नेकपा क्षेत्रिय संयोजक तथा प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, जिल्ला सदस्य तथा प्रदेश सांसद श्रीप्रसाद मैनाली, क्षेत्रीय सचिव प्रकाश भण्डारी, प्रदेश क्षेत्रीय संयोजक बन्दन कुमार मुण्डा, प्रदेश क्षेत्रीय सचिब पुष्प गुरागाइ, मेचीनगर सहइन्चार्ज राजेश राई र मेचीनगर अध्यक्ष माधब अर्यालले आइतबार अपरान्ह संयुक्त बिज्ञप्ती जारी गर्दै केवल केही नेताहरुको ब्यक्तिगत स्वार्थ र महत्वकाक्षाका कारण पार्टी फुटको डिलमा पुगेको उल्लेख गर्दै यो बेला पाटी बिभाजनमा सहयोग पुग्ने कुनै पनि गतिबिधिमा नलाग्न सबै नेकपा नेता कार्यकर्तालाई अपिल गरिएको छ ।

जनताको बलिदानबाट स्थापित नेपाल कम्युनिष्ट पार्टीलाई बिभाजन हुन नदिन र पार्टी एकताका लागि सक्रिय हुन समेत सबैलाई आग्रह गरिएको छ । राज्यका तीनै तहका सरकारहरुकमा कम्युनिष्ट पार्टीको बहुमत भएको बेला पार्टी र सरकारका कामले गतिलिन नसकेर बिभाजनको अवस्थामा पुग्नुलाई सहि भन्न नसकिने उल्लेख गर्दै यो अवस्थाबाट पार्टीलाई बाहिर ल्याउन र त्यसकालागि नेतृत्वलाई दबाब सृजना गर्न नेकपाका सबै तह र तप्कामा काम गर्नु हुने नेता कार्यकर्ताले खबरदारी गर्नु पर्ने बिज्ञप्तीमा भनिएको छ । तर यो बेला पार्टी बिभाजन नै हुने गरी कुनै पनि कार्य गर्दा त्यसले पार्टी एकतामा गभ्भिर असर पर्ने भएकाले त्यस तर्फ सचेत हुने समेत सबैलाई आवहान गरिएको छ ।