विविध

आज २९९औं पृथ्वी जयन्ती

काठमाडौं, पुस २७ । आज पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती । मुुलुुकभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने छन् । सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिने छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदैआएको छ ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।