खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज एपीएफ र प्रदेश–१ प्रतिस्पर्धा गर्दै

युवराज आचार्य
झापा, माघ ३ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको विभागीय टाेली एपीएफ र प्रदेश-१ खेल्दै छन् ।

यी दुई टाेलीबीचकाे खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्दै छन् । एपीएफकाे कप्तानी शरद भेषवाकर र प्रदेश-१ काे कप्तानी सिद्धान्त लोहनीले गरेका छन् ।

शुक्रबारदेखि सुरू भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा गण्डकी प्रदेशलाई हराएर नेपाली सेनाको विभागीय टाेली त्रिभुवन आर्मी विजयी सुरूआत गरेकाे थियाे ।