खेलकुद

महिला राष्ट्रिय लिग माघ ७ देखि, विजेताले १५ लाख रूपैयाँ पाउने

काठमाडौं, माघ ४ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने राष्ट्रिय महिला लिग यहि माघ ७ गतेबाट हुने भएको छ ।

सात टिमको सहभागिता रहेको प्रतियोगितामा लिग विजेता टिमले १५ लाख, उपविजेताले आठ लाख रुपैयाँ पाउनेछन् । यस्तै तेस्रो हुनेले ५ लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पाउने भएका छन् ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् । यसका साथै फेयर प्लेटिमले एक लाख १५ हजार पाउनेछन् ।

प्रतियोगितामा हरेक टिमे २३ खेलाडीसहित कुल ३० जनाको टिम बनाउन पाउने भएका छन् । यसका साथै हरेक टिममा चार जना विदेशी खेलाडीपनि अनुबन्ध गर्न पाउनेछन् ।

एन्फाले हरेक टिमलाई तयारीवाफत एक लाख रुपैयाँ र कोभिड रिलिफ फन्डमार्फत छुट्टै ५० हजार रुपैयाँ प्रदान गरेको छ । प्रतियोगितामा सहभागि सबै टिमको बसोबास खाना खर्च पनि एन्फाले गर्ने भएको छ ।

एक महिना चल्ने प्रतियोगिता चन्द्रागिरी नगरपालिका, विराटनगर, चन्द्रपुर नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफको सहभागिता रहेको छ ।