स्वास्थ्य

चिया पिउनु सहि कि गलत ?

काठमाडौं, माघ ८ । चिया एक साधरण पेय पदार्थ हो । चिया हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ ।

धेरैजसो मानिसहरु दैनिक बिहान, दिउँसो, साझ चिया पिउने बानी हुन्छ । चिया पिउँदा पाचन क्रिया राम्रो हुन्छ भन्ने मान्यता छ । यसको साथै रोग प्रतिरोधात्मक क्षमता विकसित गर्न र कमजोरी हटाउनको लागि चिया धेरै उपयोगी हुन्छ । सबैलाई थाहा भएको कुरा नै हो चिया सहि मात्रमा पिउँदा हाम्रो स्वास्थ्यको लागि लाभदायक मानिन्छ तर आवश्यक भन्दा बढी पिउँदा ग्याष्टिकलगाउतको समस्या पैदा हुन सक्छ ।

बच्चा र बयस्कहरुमा चियाको असर अलग अलग हुन्छ । त्यसैले बच्चाको स्वास्थ्यमा चियाको नकारात्मक असर हुन्छ । चियामा कफिनको मात्रा धेरै हुन्छ । जसले दिमागमा नशाको काम गर्छ । यदि तपाईको बच्चा धेरै चिया पिउँछ भने यसको असर मांसपेशी, मस्तिष्क र नर्भस सिस्टममा पनि पर्छ । शारिरीक विकासमा पनि नराम्रो असर पर्छ । थोरै वा कहिलेकाहि चिया पिउँदा भने नकारात्मक असर पर्दैन तर धेरै चिया पिउने बानी छ भने विभिन्न समस्या निम्तिने खतरा हुन्छ ।