अन्य संघ \संस्था

राप्ती जेसीजको पदहस्तान्तरण सम्पन्न, अध्यक्षमा दिनेश सेढाई

बाहुण्डाँगी माघ, २० । राप्ती जेसीजको प्रथम पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । २०२० का संस्थापक अध्यक्ष बुद्धि कडेँलले नवनिर्वाचित अध्यक्ष दिनेश सेढाइलाई पद हस्तान्तरणसहित सपथ ग्रहण गराएका हुन् । नेपाल जेसीजका राष्टिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनाल, राप्ती नगर प्रमुख प्रभा बराल र शाखाका संस्थापक अध्यक्ष बुद्धि कडेल तथा विभिन्न राष्टि पदाधिकारीहरुको रोहवरमा उक्त पद हस्तान्तरण गरिएको हो ।


यस अघि भएको साधारणसभाबाट शाखाको कार्यकारी उपाध्यक्षमा सुजन थापा काजी र नबराज गुरुङ, उपाध्यक्ष पदमा बिनिता भट्ट, भुवानिश्वर रुवाली,शान्ती लामिछाने सापकोटा, सौरभ कंडेल निर्वाचित भएका थिए भने नवनिर्वाचित अध्यक्ष सेढाइले साथै कानुनी सल्लाहकार बिन्दु सिन्जाली मगर, महासचिवमा विवेक गैरे कोषध्यक्ष्यमा अभियान पाठक, कार्यक्रम संयोजकमा सुदन उप्रेतीलाई मनोनित गरेका छन् । निर्वाचित र मनोनित सबैलाई अध्यक्ष सेढाइले सपथ ग्रहण गराएका थिए ।

सोही अवसरमा शाखा स्थापनाको समयमा अतुलनीय सहयोग गर्ने नेपाल जेसीजका राष्टिय उपाध्यक्ष कृष्ण सापकोटासहित अन्य विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । स्मरण रहोस यो शाखा गत वर्ष रत्ननगर महाधिवेशनबाट पूर्ण स्वीकृत भएको शाखा हो ।