स्वास्थ्य

मेचिनगर-४ मा जारी स्वास्थ्य शिविरमा सयौं वडाबासीले लाभ लिदै

मेचीनगर, माघ २३ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ मा जारि स्वास्थ्य शिविरमा अाजसम्म ३०१ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । जसमा २०८ जनामा विभिन्न समस्या देखिएको छ । ९९ जनामा भने कुनै समस्या नदेखिएको डाक्टर संजिव कुमार शर्माले जानकारी दिए ।

मेचीनगर-४ वडा कार्यालयको संयोजनमा बाहुण्डाँगी सामुदायिक भवनमा भईरहेको स्वास्थ्य शिविरमा २० वर्ष माथिका वडाबासीहरूको स्वास्थ्य परिक्षण गरिरहेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । उनका अनुसार वडाका २० वर्ष माथिका सबै वडाबासीहरूलाई स्वास्थ्य परिक्षण गर्ने उदेश्य रहेको बताए ।

शिविरमा वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ डाक्टर संजिव कुमार शर्माको नेतृत्वमा सञ्चालन भईरहेको स्वास्थ्य शिविरमा मुटु सम्बन्धि समस्या , मृगौला सम्बन्धि समस्या, फोक्सो सम्बन्धि समस्या, मधुमेह सम्बन्धि समस्या, कोलेष्टोर सम्बन्धि समस्या र प्रेसर सम्बन्धि समस्याको परिक्षण गरि उपचार भईरहेको छ ।

विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर वडामा नै अायोजना गरेर जनताप्रति वडासरकार जिम्मेवारी बनेको बताउदै स्थानिय डिल्लीराम अाचार्यले भने यो अवसरको सबै वडाबासीले लाभ लिनुपर्ने बताए ।