स्वास्थ्य

पहिलो चरणको खोप अभियान सकियो, लक्ष्यभन्दा कमले लगाए खोप

काठमाडौं, माघ २५ । नेपालमा पहिलो चरणको पहिलो कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप अभियान सकियो । माघ १४ गतेबाट शुरु भएको पहिलो चरणको खोप अभियान शनिबारबाट अन्त्य भएको हो । पहिलो चरणको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’खोप अभियान अन्तर्गत शुक्रबारसम्म लक्ष्य भन्दा ४० प्रतिशत कम नागरिकले खोप लगाएका छन् ।

१० दिनमा चार लाख ३० हजार मानिसलाई खोप लगाउने लक्ष्य राखिएको भएपनि शुक्रवारसम्ममा करिब तीन लाख बढीले मात्रा खोप लिएका हुन् । देशका दुई सय एक वटा केन्द्रमा मात्र खोप कार्यक्रम सञ्चालन भएको थियो ।

सरकारले दोस्रो चरणमा गम्भीर प्रकृतिका रोग भएका व्यक्तिहरूलाई खोप दिने तयारी थालेको छ । गम्भिर प्रकृतिका रोग भएका ५५ वर्षमाथिका महिला तथा पुरुषलाई खोप दिने गरी स्वास्थ्य मन्त्रालयले तयारी अघि बढाएको हो । त्यसका लागि विवरण संकलन पनि थालिसकेको छ ।