संघ \संस्था

अब दमौलीमा जेसीज धारा, सरस्वती पुजाबाट सञ्चालनमा

बाहुण्डाँगी। जेसिआई व्यास नगरले निर्माण गरेको धारा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ । व्यास नगरपालिका वडा नं। ३ अनसन चौतारी नजिकै दमौली अस्पताल जाने बाटोमा उक्त धारा निर्माण गरिएको छ ।


जेसिआई व्यास नगरले खानेपानीको धारा निर्माणको काम गरेर अर्को एउटा असल कार्य गरेको उक्त अवसरमा न्यौपानेले बताउनुभएको थियो ।
कार्यक्रममा व्यास नगरपालिका वडा नं। ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठले जेसिसले निर्माणमा मात्र जोड नदिईकन संरक्षणमा पनि जोड दिने बिश्वास व्यक्त गर्नुभएको थियो ।


व्यास नगरपालिकाका अन्य चोकहरुमा पानी पिउने पानीका धारा निर्माण गर्नुपर्ने आवश्यकता भएकोले जेसिआईले त्यसतर्फ पनि कदम चाल्ने जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालको भनाई रहेको थियो ।
३ लाख रुपैया खर्चमा निर्माण गरिएको उक्त धारा निर्माण पश्चात बिशेष गरि बटुवा तथा अस्पताल ओहोर दोहोर गर्ने मानिसहरुलाई सहज हुने धेरैको विश्वास रहेको छ ।

९तस्विरः लक्ष्मीभक्त खनालको फेसबुकबाट०