विविध

भागिरथी हत्या आरोपमा भारत भाग्न लागेका पुरुष महेन्द्रनगरबाट पक्राउ

काठमाडौं, फागुन ४ । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागिरथी भट्टको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

सुदुरपश्चिम प्रहरीले महेन्द्रनगरबाट एक जना पुरुषलाई पक्राउ गरेको स्रोतले जानकारी दियो । पक्राउ परेका पुरुषलाई बैतडी प्रहरीको जिम्मा लगाइएको बताइएको छ । उनी सोही गाउँपालिकाका व्यक्ति भएको बताइएको छ ।

उनी भारत भाग्ने तयारी गरिरहेका बेला प्रहरीले शनिबार नै पक्राउ गरेको स्रोतले जानकारी दियो । यसबारे प्रहरीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन् ।

‘पक्राउ परेका व्यक्तिमाथि हामी अनुसन्धान गरिरहेका छौं । यकिन भएको अवस्थामा मात्रै सार्वजनिक गर्छौं’, स्रोतले भन्यो, ‘पक्राउ परेका व्यक्तिको घर नजिकैबाट हामीले भागिरथीको मोबाइलको ब्याट्रीसमेत बरामद गरेका थियौं । त्यसकारण उनी शंकाको घेरामा छन् । थप सोधपुछ गर्ने काम भइरहेको छ।’