विविध

सपनालाई धम्की दिने बिनयजंग पक्राउ

काठमाडौं, फागुन ४ । वेवारिसे लास व्यवस्थापनमा सक्रियता देखाएको भन्दै अन्तर्राष्ट्रियस्तरमा परिचित नेपाली युवती सपना रोक्का मगरलाई अभद्र व्यवहार गरेको आरोपमा बिनयजंग बस्नेत पक्राउ परेका छन् ।

सपनाले आइतबार काठमाडौं प्रहरी परिसरमा जाहे‍री दिएकी थिइन् । काठमाडौं प्रहरी परिसर प्रमुख अशोक सिंहले बस्नेतलाई गंगबुबाट पक्राउ गरिएको जानकारी दिए ।

बस्नेतले आफूसँग सपनाको अश्लिल फोटो र भिडियो रहेको भन्दै सार्वजनिक गर्ने धम्की दिएका थिए ।

कुनै समय विनय र सपना वेवारिस शव व्यवस्थापनमा सँगै काम गर्थे । विभिन्न अन्तर्रवार्ताहरुमा विनयले सपनालाई आफूले छोरी सरह व्यवहार गर्ने गरेको बताउने गरेका थिए ।