समाचार

मोटरसाइकल दुर्घटना हुँदा झापामा एक जनाको मृत्यु

झापा, फागुन ५ । झापाको झापा गाउँपालिका –७ सानोमाई खोला पुलमा मंगलबारसाँझ भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

उत्तरतर्फ गइरहेको को १३ प ९०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक झापा गाउँपालिका–६ शरणामतीका २२ वर्षीय सनम तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको जानकारी दिएको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।