खेलकुद

आइपीएल अक्सनमा राजस्थानले बाेली लगाउन सक्ने ३ खेलाडीकाे सुचीमा सन्दिप

काठमाडौं, फागुन ६ । इन्डियन प्रिमियर लिगको अक्सन विहिबार चेन्नेईमा दिउँसो सवा तीन बजेबाट सुरु हुनेछ । जसमा नेपाली खेलाडी सन्दिप लामिछानेपनि अक्सनमा रहेका छ । ४० लाख न्युनतम मुल्य रहेको सन्दिपलाई कुन टिमले बोलि लगाउछ भन्ने नेपाली समर्थकको निकै चासो रहेको छ । यस्तैमा भारतीय मिडिया हिन्दुस्तान टाइम्सले यो सिजनमा सन्दिपलाई राजस्थान रोयल्र्सले बोलि लगाउन सक्ने ठूलो संभावना रहेको बताएको छ ।

हिन्दुस्तान टाइम्सले राजस्थानले टिममा लिनुपर्ने तीन मुख्य खेलाडीमा आरोन फिन्स, चेतन साकारियासँग सन्दिपको नामपनि रहेको छ । यसअघिका कप्तान स्टिभ स्मिथलाई आश्चार्यजनक रुपमा रिलिज गरेको राजस्थानले यो सिजनमा केहि फरक तरिकाले टिम बनाउने योजना बनाएको छ । जसमा टिमले कप्तानपनि परिवर्तन गरेको छ । स्मिथको स्थानमा सञ्जु सामसनलाई यो सिजनको टिमको जिम्मेवारी दिएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानले सबैकुरालाई ध्यानमा राख्दै यो सिजनमा अक्सनमा बोलि लगाउनुपर्ने खेलाडीमा अष्ट्रेलियाका आरोन फिन्च पहिलो सूचीमा छन । गत सिजनमा आरसिबीबाट खेल्दा उनले गरेको प्रदर्शन र विस्फोटक पारी खेल्न माहिर फिन्चलाई राजस्थानले लिदाँ फाइदा हुने भनेको छ ।

यस्तै दोस्रो नम्वरमा चेतनको नाम छ । भारतीय घरेलु क्रिकेटमा राम्रो गरिरहेका यी मध्यम गतिका बलरले टिममा राम्रो संभावना देखाउने सो पत्रिकाले बताएको छ । उनलाई राजस्थानले कम मुल्य तिरेर राम्रो क्षमता भएको खेलाडी पाउन सक्ने भनेको छ ।

यस्तै नेपाली बलर सन्दिप लामिछानेलाई लिएमा राजस्थानको टिममा केहि फरकपन आउने हिन्दुस्तान टाइम्सको भनाई छ । अघिल्लो सिजनमा दिल्लीको बेन्चमा विताएका सन्दिपलाई यदि यो सिजनमा राजस्थानले खरिद गरेको खण्डमा टिमले राम्रो स्पिनर पाउने सो पत्रिकाको भनाई छ । टिमकालागि विकेट लिन सक्ने स्पिनरमा सन्दिपलाई राखेको छ ।

राजस्थानले यो सिजनका लागि १७ खेलाडीलाई टिममा राख्ने योजना बनाएको छ । जसमा पाँच विदेशी खेलाडीको कोटामा दुई यसअघि नै टिममा छन । उसले तीन विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछ ।