शिक्षा

परीक्षा हलभित्र टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

काठमाडौं, फागुन ६ । दैलेख जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–६ सिंहासैनमा रहेको कालिका माध्यमिक विद्यालयका एक जना विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ ।

२०७७ साल मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी रहेका विद्यार्थी रोसनकुमार शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भए गरेका कार्यलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेको हुनाले परीक्षा रद्ध गर्दै उनलाई परीक्षा बोर्डले कारवाही गरेको हो।