अर्थ संघ \संस्था

गृहलक्ष्मी र पूर्वीद्वार साकोस एकीकरण, अध्यक्षमा विपी भट्टराई

मेचीनगर, फागुन ७ । मेचीनगरको गृहलक्ष्मी र पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको छ ।

दुवै संस्था एकीकरण भएसँगै सञ्चालक समिति पनि गठन गरिएको छ । धुलाबारीमा शुक्रबार आयोजित ऐतिहासिक एकीकरण साधारण सभामार्फत पूर्वीगृह नाम दिएर सहकारी संस्थाको आगामी चार वर्षे कार्यकालका लागि नेतृत्व चयन भएको हो ।

सहकारी सञ्चालक समितिको अध्यक्षमा विशेश्वरप्रसाद (विपी) भट्टराई चयन भएका छन् । उनी पूर्वीद्वार सहकारी संस्थाका अध्यक्ष थिए । यस्तै, सहकारीको उपाध्यक्षमा रेणुका डाँगीलाई जिम्मेवारी प्रदान गरिएको छ । उनी गृहलक्ष्मी सहकारीमा पनि उपाध्यक्ष पदमा थिइन् ।

सदस्यहरुमा कुवेरप्रसाद पौडेल(गृहलक्ष्मी), मानबहादुर खड्का (गृहलक्ष्मी), दलबहादुर कट्टेल (गृहलक्ष्मी), राजु धिमाल (गृहलक्ष्मी), कमलादेवी धिताल( गृहलक्ष्मी) चयन भएका छन् ।

यस्तै, पूर्वीद्वार सहकारबिाट जोगेन राजवंशी, निरोज कट्टेल, चेतराज विष्ट, खड्गबहादुर राउत, रमेशप्रसाद बराल र कमला ढुंगानाले सदस्यको जिम्मेवारी प्राप्त गरेका छन् ।

लेखा समितिको संयोजकमा दुर्गालाल श्रेष्ठ (गृहलक्ष्मी) तथा सदस्यमा पदमप्रसाद दाहाल (गृहलक्ष्मी) र पूर्वीद्वारका उदय बराइली चयन भएको गृहलक्ष्मी साकोसका मुख्य व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

गृहलक्ष्मी सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद गोपाल बुढाथोकी, प्रदेश १ सरकार अन्तर्गत सहकारी विभाग रजिष्ट्रार्ड कार्यालयका अधिकृत ढुण्डीराज दुलाल, जनप्रिय सहकारी संस्थाका उपाध्यक्ष पशुपति नेपाल, गृहलक्ष्मी सहकारीका सल्लाहकार सन्जिव राई, मञ्जु खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पूर्वीद्वार सहकारी संस्थाका सदस्य निरोज कट्टेलले सञ्चालन गरेको कार्यक्रममा गृहलक्ष्मी सहकारी उपाध्यक्ष रेणुका डाँगीले स्वागत मन्तव्य राखेकी थिइन् ।