संघ \संस्था

नेकपा विभाजनको असर स्थानीय तहमा, मानव हात्ती द्धन्द्ध व्यवस्थापनको अध्यक्षमा कांग्रेसका हरि उप्रेती सर्वसम्वत

देबु बानिया
बाहुण्डाँगी, फागुन ७ ।
नेकपाको पाटी विभाजन यतिबेला आएर पराजयको यात्रातर्फ अग्रसर भएको देख्न थालिएको छ । यसको प्रत्यक्ष उदाहरण झापाको बाहुण्डाँगीमा रहेको मानव हात्ती द्धन्द्ध व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च संस्थामा देखिएको छ ।

एकातर्फ विभाजनले राष्ट्रिय राजनितिमा एउटा तरंग पैदा गरेको छ भने यहि विभाजनले स्थानीय तहमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरुमा पाटी विभाजनको परिणाम देखिन थालेको छ । यसलाई यसरी पनि बुझन सकिन्छकी नेकपाको विभाजन भएको छैन भन्नेहरुलाई झापाको बाहुण्डाँगीमा रहेको मानव हात्ती द्धन्द्ध व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च संस्थाका प्रतिनिधिहरुको छनोटले समेत नेकपा केन्द्रदेखि गाउँसम्म प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्पष्ट विभाजित भएको हो भन्ने प्रष्ट भएको छ ।

केही दिन अघि केन्द्रमा भएको नेकपा विभाजनलाई सालिन चुनौती दिँदै नेकपा मेचीनगरले एक ठिक्का भएर रहने प्रतिबद्धता गरेको फेरी केही दिन बित्न नपाउँदै ओली समूह निकटको पुनरगठनले भर्खरै गरिएको एकताको सन्देशलाई पनि पानीको फोकाको रुपमा परिणत गरिदिएको छ । जसले यसको असर मेचीनगर ४ मा रहेको यस संस्थामा पर्न गएको हो ।

‘हामीले संस्थालाई मिलिजुली चलाउने भनेर सहमतिको धेरै प्रयास गरयौँ’ ओली समूहका प्रदेश कमिटि सदस्य तथा पूर्व बाहुण्डाँगी गाउँ विकास समितिका अध्यक्ष निलकण्ठ तिवारीले भने—‘कांग्रेसले अध्यक्ष नछोड्ने भनेपछि हामीले दावी गर्नुको कुनै अर्थ देखेनौँ । अनि हामीलाई निर्वाचन प्रक्रियामा जान कुनै जोस जाँगर नै आएन ।’

तिवारीले पाटीको विभाजनको असर परेको संकेत गर्दै मतदाता दुई तर्फकै हाराहारीमा भए पनि विभाजन भएका कारण निर्वाचनमा जान नसकिएको उल्लेख गरे ।

‘सहमति गरौँ भन्दा कांग्रेसले मानेन’ विभाजन हुनु भन्दा अघिका नेकपा मेचीनगर ४ का सचिव वर्तमान ओली समूहका प्रविण भण्डारीले भने —‘हामी सहमति बाधक बनेनौँ र कुनै पनि पदमा उम्मेदवारी दिएनौँ ।’

पाटी विभाजन नहुँदाका नेकपा मेचीनगर ४ का अध्यक्ष तथा वर्तमान माधव प्रचण्ड समूहका मेघराज खड्काले यो निर्वाचन प्रक्रियामा सहभागिता रहेको बताए । उनले यसैलाई आधिकारीता मान्ने समेत जिकिर गरे ।

नेकपाका तर्फबट अध्यक्षका लागि दर्विलो प्रत्यासी रहेका अर्जुन कार्कीले सहमति हुन नसकेपछि आफुले उम्मेदवारी दर्ता नगराएको बताए । ओली समूहका जिल्ला सदस्य समेत रहेका कार्कीले कांग्रेसले यथास्थितिबाट पछि हट्न नमानेपछि र सहमतीको प्रयास नगरेर एकल उम्मेदवारी दिने तयारी गरेपछि हामीले कुनै पनि पदमा दावी नगरेको बताउँदै संस्थाका लागि बाहिरबाट सहयोग गर्ने बताए ।

यस निर्वाचनमा केही समय एउटै कित्तामा रहेका व्यक्ति अहिले अलग धार भएर देखिएका छन् ।

फागुन ८ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको यस संस्थामा १ गते उम्मेदवारी मनोनयन दर्ता रहेको थियो । जुन निर्वाचनमा नेकपा बलियो प्रतिद्धन्द्धीका रुपमा रहेको थियो । यस भन्दा अघि भएको निर्वाचनमा थोरै मतअन्तरले पराजित भएको नेकपाले यस निर्वाचनलाई जित्ने आधार बनाउँदै सदस्यता बनाउने अभियानमा निकै मेहेनत गरेको थियो । यसो त निर्वाचन जितेर बसेको कांग्रेसले पनि दोहोर्याउने दाउमा सदस्यता बनाउने अभियानलाई उत्तिकै बढाएको थियो ।

दुबै पाटीले जिल्लाभरबाट तामझामले सदस्यता वितरण गरे पनि अन्त्यमा आएर पाटी विभाजनका कारण अनन्ततः नेकपा पछि सरेको छ । मनोनय दर्तामा अध्यक्ष कांग्रेसको एकल उम्मेदवारी दर्ता भएको निर्वाचन समितिका संयोजक पोषक दर्जीले

बाहुण्डाँगी नेकपाको गण मनिन्छ । स्थानीय निर्वाचनमा साविक बाहुण्डाँगी गाविसका ४ वटा वडामा ३ वटामा नेकपाले जितेको थियो । मेचीनगरको बलियो आधारभूमि मानिने यो क्षेत्रमा हुन लागेको यस संस्थाको निर्वाचनमा नेकपा निर्वाचनमा जान सक्ने अवस्था सम्म रहेन ।

नेकपा फुटको प्रत्यक्ष फाइदा कांग्रेसलाई पर्न गएको छ । यो निर्वाचनमा नेकपाको माधव प्रचण्ड समूह, संघीय समाजवादी फोरमको गठबन्धन रहेको छ । जसमा आगामी नेतृत्वका लागि गठबन्धनबाट अध्यक्षमा हरि उप्रेती सर्वसम्वत निर्वाचित भइसकेका छन् । यसैगरी उपाध्यक्षमा गठबन्धनकै धनकुमार राई, कोषाध्यक्षमा निता थापा र सचिवमा रामु सोम्बेङ सर्वसम्वत निर्वाचित भइसकेको निर्वाचन अधिकृत पोषक दर्जीले बताए ।

उनका अनुसार महासचिव गठबन्धनका विमल तामाङ र राप्रपाबाट सन्तोष सुवेदीको उम्मेदवारी परेको छ । १० जना सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको छ । जसमा ४ महिला सदस्य र ६ खुल्ला रहनेछ ।

अध्यक्षमा हरि उप्रेती सर्वसम्वत

मानव हात्ती द्धन्द्ध व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च बाहुण्डाँगीको अध्यक्षमा हरि उप्रेती सर्वसम्वत निर्वाचित भएका छन् । गत फागुन १ गते भएको उम्मेदवारी मनोनय दर्तामा अध्यक्षका लागि एकल उम्मेदवारी परेपछि उप्रेती दोस्रो कार्यकालका लागि सर्वसम्वत अध्यक्ष बनेका हुन् ।

उप्रेती यस अघि पनि अध्यक्षको जिम्मेवारी पुरा गरिसकेका अनुभवी व्यक्ति हुन । मेचीनगर ४ बाहुण्डाँगी निवासी उप्रेती कांग्रेस निकट हुन् । उप्रेतीले बाहुण्डाँगीको हात्ती तथा मानव दन्द्धलाई अन्त्य गर्नका लागि सरोकारवालाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए । अघिल्लो कार्यकालमा गरेका कामको मुल्याङन हो । उप्रेतीले भने उहाँहरुको विश्वासलाई कायम राख्दै वर्षाैदेखि भोग्दै आएको हात्तीको समस्यालाई जति समाधान भएको छ, आउँदा दिनमा अझ सुधारेर अघि बढ्ने बताए ।