खेलकुद

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता सुरू

भद्रपुर, फागुन ७ । झापाको भद्रपुर नगरपालिकामा प्रथम मेयर कप नगरस्तरीय टी–२० लीग क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद बसन्त बानियाले गरेका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथ बानिया ब्याटिङ र नगर प्रमुख जीवन श्रेष्ठले बलिङ गरेर गरेका थिए । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिको क्रिकेट उपसमितिको अायोजनामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन सत्रको अध्यक्षता श्याम राउत र संचालन याेगेन्द्र पाैड्यालले गरेका थिए ।

मेची रंगशालामा संचालन भएको प्रतियोगितामा प्रथम हुनेले २० हजार, दाेस्राे हुनेले १५ हजार सहित ट्रफि प्राप्त गर्ने छन् ।