राजनीति

डाक्टर र वैद्यले छाडेपछि झाँक्रीको शरणमा प्रचण्ड: प्रधानमन्त्री ओली (फोटोसहित)

विराटनगर, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड)लाई डाक्टर र वैद्यले छाडेपछि झाँक्रीको शरणमम पुगेको बताएका छन् ।

विराटनगरमा आयोजित बृहत् जनसभामा उनले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको शरणमा पुगेको टिप्पणी गरेका हुन् । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने उनले बताए ।

सिद्धिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको उनको तर्क थियो । आफूले लगाइदिएको सिङ बढेपछि आफूलाई सिध्याउन लागिपरेको उनले बताए । प्रचण्ड खिइने बाटोमा अघि बढेको उनको कथन थियो । ‘अझै पनि फर्कन चाहनुहुन्छ भने आउनुहोस,’ उनले भने, ‘नफर्किने हो भने भिडबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिन्न ।’