संघ \संस्था

मानव हात्तीमा कांङ्गेस गठबन्धनको प्यानल विजय

देबु बानियाँ
बाहुण्डाँगी, फागुन ९ ।
मानव हात्ती द्धन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्च झापाको निर्वाचनमा कांग्रेस, संघिय समााजवादी र माधव–प्रचण्ड गठबन्धनको प्यानल विजय भएको छ ।

शनिवार सम्पन्न निर्वाचनको आइतवार भएको मतपरिणाम अनुसार गठबन्धनका सबै पदमा अत्याधिक मतसहित विजय भएका हुन । यस अघि फागुन १ गते भएको उम्मेदवारी मनोनयनमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए भने बाँकी महासचिव, महिला सदस्य र खुल्ला सदस्यमा शनिवार निर्वाचन भएको थियो ।

महासचिवमा बिमल तामाङ विजय भएका छन् । उनले पतिद्धन्धी राप्रपा नेपालका सन्तोष सुवेदीलाई ११४ मतले पछि पार्दै विजय भएका हुन् । तामाङको ६४२ मत पाप्त भएको थियो भने सुवेदीको ५२८ मत आएको थियो । यसैगरी महिला सदस्यमा पिङ्की पधान, कोपिला लावती, शुष्मा सुवेदी र बविता थापा निर्वाचित भएका छन् । प्रधानले ८८१, लावतीले ७६१, सुवेदीले ७८५ र थापाले ८०० मत प्राप्त गरेका थिए भने राप्रपाकी राधा नेपालले ३५१ मत पाएकी थिइन् । ४ महिला सदस्यमा ५ जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको थियो ।

यसैगरी खुल्लातर्फ नित्यानन्द चम्लगाई (७७१), सुमन थापा (७५१),राजकुमार घिमिरे (७२९), तेजबहादुर भुजेल(७४६), चुडामणी आचार्य(७४४) र मतिबहादुर दर्जी (भानु) (७५१) मतसहित विजय भएका छन् । उपविजेता हुने शेखर बस्नेतले ३७१ र खेमराज पुरीले ३२६ मत पाप्त गरेका निर्वाचन संयोजक पोषककुमार दर्जीले बताए ।

२७४९ जना मतदाता रहेको यस संस्थामा शनिवारको निर्वाचनमा १२८१ मत खसेको र १४४ मत बदर भएको संयोजक दर्जीले बताए ।

यस अघि नै अध्यक्षमा हरिपसाद उपेती, उपाध्यक्षमा धनकुमार राई, कोषाध्यक्षमा निता थापा र सचिवमा रामु सोम्बेङ निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्य पुष्कर ढकालले बताए ।

कांगेससँग सहकार्य गरेको संघीयले एक उपाध्यक्ष र एक सदस्य, माधव–प्रचण्ड समूहले एक कोषाध्यक्ष र एक सदस्य पाएको थियो भने बाँकी सबै पदमा कांगेसले पाएको थियो ।

निर्वाचनमा ओली समूहले भाग लिएको थिएन भने राप्रपा चुनावमा गएको थियो ।