खेलकुद

एभर्टनद्वारा लिभरपुल २–० ले पराजित

काठमाडौं, फागुन ९ । इङ्गलिस प्रियिमर लिग अन्तर्गत एभर्टनले लिभरपुललाई पराजित गरेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो ।

एभर्टनका रिचार्लीसनले खेलको तेस्रो मिनेटमा गोल गरेर अग्रता लिए । त्यसपछि खेलको ८३ औँ मिनेटमा पेनाल्टीमार्फत गिल्फी सिगुअरसनले गोल गरेपछि एभर्टन जीतको अघि बढेको थियो ।