राजनीति

नेकपा प्रचण्ड-नेपाल समुह झापा अध्यक्षमा रेग्मी

झापा, फागुन १० । नेकपा प्रचण्ड-नेपाल समुहको झापाको अध्यक्षमा बेदराज रेग्मी चयन भएका छन् । उनी नेकपाका प्रदेश कमिटी सदस्य थिए ।

सचिवमा भने तत्कालीन माओवादीका नेता मणिकुमार साम्पाङ रहेका छन् । नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी नाै जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।

६८ जिल्ला अध्यक्ष र सचिव चयन गरे पनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ । यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी संगठनभित्र ५०–५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरी नाैबुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।