खेलकुद

पिएसजी आफ्नै मैदानमा मोनाकोसंग पराजित

काठमाडौं, फागुन १० । फ्रेन्च लिग वानमा मोनाकोले साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई आफ्नै मैदानमा हराएको छ । आइतबार राति मोनाकोले पिएसजीलाई २–० गोलले हराएको हो ।

मोनाकोको जितमा सोफाइन डियोप र गुर्लेर्मो मारिपनले समान एक–एक गोल गरे । खेलको छैटौँ मिनेटमा डियोपले गोल गर्दै मोनाकोलाई सुरुआती अग्रता दिलाए । ५१औँ मिनेटमा मारिपनले गोल गर्दै मोनाकोलाई २–० गोलले जिताए ।

जितसँगै चौथो स्थानको मोनाकोले २६ खेलमा ५२ अङ्क जोडेको छ । पिएसजी भने ५४ अङ्कसहित तेस्रो स्थानमा छ ।