स्वास्थ्य

डा.बाबुराम भट्टराई दिल्लीको अस्पतालमा भर्ना

काठमाडौं, फागुन ११ । आन्द्रामा ट्युमरको आशंकामा उपचारको लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको उनको स्वकीय सचिवालयले जनाएको छ ।

‘पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ,’ भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा डा‍.भट्टराईले परीक्षण तथा उपचार गराउँदै आएका थिए ।

अहिले चिकित्सकहरूले न्युरो (इन्डोक्राइन) को ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा उपचार गर्न गएको उनको सचिवालयले जनाएको छ ।