विविध

प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेपछि काँकरभिट्टामा दीप प्रज्वलन

मेचीनगर, फागुन ११ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ ।

यो संगै मेचीनगर–६ स्थित काँकरभिट्टामा विभिन्न राजनैतिक दल, विभिन्न संघसंस्थाका अगुवा तथा युवा विद्यार्थीहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका छन् ।