संघ \संस्था

राप्ती जेसीजको पि–इन्डक्सन तथा लोम अफिसर तालिम सम्पन्न

पुर्वी चितवनमा अवस्थित राप्ती जेसिजको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आजको कार्यक्रमको सभाध्यक्ष राप्ती जेसिज बर्ष २०२१ का अध्यक्ष दिनेश सेढाईले गर्नुभएको थियो भने कार्यक्रम संयोजन सुदन उप्रेतीले गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा सौराहा जेसिज बर्ष २०१९ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२१ का राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष शिव प्रसाद भुषाल हुनुहुन्थ्यो। उहाँले जेसीआई सदस्यहरुलाई प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमको विशिष्ट अतिथिको भुमिकामा राप्ती नगरपालिका वडा नम्बर ७ कि वडा अध्यक्ष सुमिता डल्लाकोटी, ,राप्ती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बुद्धिराज थपलिया, राप्ती नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष तथा राप्ती जेसिजका संस्थापक सल्लाहकार देवेन्द्र लामा, मातृ शाखा पर्सा खैरहनी जेसिज बर्ष २०१९ का अध्यक्ष तथा राप्ती जेसिजका सल्लाहकार शंकर कँडेल, मातृ शाखा पर्सा खैरहनी जेसिजका संस्थापक अध्यक्ष केशव पाठक हुनुहुन्थ्यो।

त्यस्तै अतिथिको भुमिकामा राप्ती जेसिजको संस्थापक सल्लाहकार तथा राप्ती उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष मार्कण्ड्य प्रसाद गौतम, राप्ती नगरपालिका वडा नम्बर ७ का जन निर्वाचित वडा सदस्य बोध प्रसाद रिजाल,राप्ती जेसिजका सल्लाहकार राजेन्द्र बुर्लाकोटी, राप्ती जेसिजका सल्लाहकार तथा नव उद्यमी दुग्ध उत्पादक संस्थाका अध्यक्ष रामचन्द्र पाठक हुनुहुन्थ्यो।

कार्यक्रममा स्वागत मन्तव्य राप्ती जेसिज ट्रेनिङ कोर्डिनेटर तथा आजको कार्यक्रम संयोजक सुदन उप्रेतीले गर्नुभएको थियो। त्यस्तै शुभकामना मन्तव्य अतिथि मार्कण्ड्य प्रसाद गौतम, वडा अध्यक्ष सुमिता डल्लाकोटी, पर्सा खैरहनी जेसिजका संस्थापक अध्यक्ष केशव पाठकले राख्नुभएको थियो।

कार्यक्रममा आस्थापाठ राप्ती जेसिज उपाध्यक्ष विनिता भट्टले गर्नुभएको थियो। तत्पश्चात पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

प्रशिक्षक भुषालले जेसीजको उद्देश्य, जेसिज सदस्यहरुले गर्नुपर्ने मुख्य काम, जेसिजको पृष्ठभूमि तथा यसको विश्वव्यापी परिचय, जेसिजको मिसन र भिजनको बारेमा जानकारी दिनुभएको थियो।

कार्यक्रममा सहभागीहरुलाई कार्यक्रमको सभाध्यक्ष सेढाई र प्रमुख अतिथि भुषालले प्रमाणपत्र वितरण गर्नुभएको थियो।

भव्य र सभ्य तरिकाले सम्पन्न गरिएको कार्यक्रमको सञ्चालन राप्ती जेसिज बर्ष २०२१ का महासचिव बिबेक गैरेले गर्नुभएको थियो।