संघ \संस्था

प्रेस संगठन झापाको सह–संयोजकमा पौडेल

झापा, फागुन १२ । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई सह–संयोजक चयन गरेको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले पौडेललाई सह–संयोजक चयन गरेको हो । पौडेल यसअघि जिल्ला कमिटी सदस्य थिए । भेलाले र प्रकाश पौडेललाई र गंगा बराल सहसंयोजकको जिम्मेवारी दिएको छ । साथै भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले कमिटीलाई पूर्णता दिएको हो ।

यसअघि प्रदेश कमिटीले झापाको संयोजकमा टिकाराम उप्रेती र सहसंयोजकमा मनकुमार गदाल र प्रदीप परियारलाई जिम्मेवारी तोकेको थियो । सचिवमा विनोद सापकोटा, सहसचिवमा उमानाथ भण्डारी, राम निरौला र सागर गौतमलाई जिम्मेवारी दिएको हो । भेलाले कोषाध्यक्षमा गीता ढुङ्गाना र सदस्यहरुमा भुमिराज पराजुली, अच्यूत सुवेदी, सन्तोष न्यौपाने, रमेश तिवारी, लगायत चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दिपक कार्की, पे्रस संगठनका प्रदेश १ इञ्चार्ज लीलाराज भट्टराई, पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुईटेल, प्रेस संगठनका प्रदेश अध्यक्ष गणेश पोखरेल, झापा इञ्चार्ज माधव विद्रोही, युवा नेता शिव ढुङ्गेल,केन्द्रीय सदस्य अम्बिका भण्डारी , प्रादेशिक सञ्चार प्रतिष्ठानका सदस्य गोपाल काफ्ले, प्रेस युनियन झापाकी सभापति इन्दु पूर्वेली, पत्रकार लीला अनमोल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संगठनका जिल्ला अध्यक्ष टिकाराम उप्रेतीको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसंयोजक प्रदीप परियारले गरेका थिए । भेलामा व्यवसायिक पत्रकारिता, पत्रकारका अधिकार र आगामी निर्वाचनका सन्दर्भका चर्चा गरिएको थियो ।