संघ \संस्था

भेरीगंगा जेसीजद्धारा २०२१ को पहिलो नमुना जेसीज गाउँ घोषणा

बाहुण्डाँगी, १२ फाुगुन । भेरीगंगा जेसीजले नमुना जेसीज गाउँ घोषणा गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको भेरीगंगा जेसीजले भेरीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको धनुबास गाउँलाई ११ गते मंगलबार जेसीज नमुना गाउँ घोषणा गरेको छ ।

शाखाको चौथो स्थापना दिवसको अवसर पारेर उक्त गाउँलाई नुमना जेसीज गाउँका रुपमा घोषणा गरिएको हो । जेसीज गाउँको घोषणा गर्द ै नेपाल जेसीज २०२१ का कानुनी सल्लाहकार गोकुल सापकोटाले २०२१ को एउटा महत्वपूर्ण योजना जेसीज गाउँ भएकाले यस अभियानमा जोडिने भेरीगंगा जेसीजलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाँले यो अभियानलाई सफल बनाउन नेपाल जेसीजले सँगसँगै सहकार्य गरेर अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले जेसीज अभियानमा एउटा इटा थप्ने काम गरेकोमा आभार व्यक्त गर्दै निरन्तर सफलताको कामना गर्नु भयो ।

भेरीगंगा नमुना जेसीज गाउँ घनुबासमा अहिले ५६ घरधुरी रहेका छन ।नमुना जेसीज गाउँ घनुबासका ५६ वटा परिवारलाई सोलास बितरण गरिने,जेसीज पुस्ताकलयको ब्यबस्थापन गरिने,हरेक बर्ष स्वास्थ शिबिर संचालन गरिने,हरेक बर्ष १० जना जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने र उद्धम गर्न चाहने युवाहरुको लागि उद्धमशिलता तालिम संचालन गरिने शाखाका संस्थापक अध्यक्ष नबराज उपाध्यले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै भेरीगंगा जेसीजका बर्ष २०२१ का अध्यक्ष रामु सुबेदीले जेसीजले धनुबासको आर्थिक,सामाजिक,शिक्षा,चेतना स्वास्थ्य,सरसफाइ र खेलकुदका सुचकलाई बिकाश गर्नको लागी स्थानिय संघसस्था,राजनितिक पाटी,स्थानिय तह तथा बुद्धिजिबीहरुको सकृय सहभागीतामा जेसीज गाउँ निर्माण गरि प्रयोजना गर्ने मुख्य योजना रहेको बताउदै अबको ५ बर्षमा साचिकै नमुना जेसीज गाउँ बनाइ स्थानीयलाई हस्तान्तरण गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल जेसीज २०२१ का कानुनी सल्लाहकार गोकुल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भेरीगंगाका नेकपा अध्यक्ष नरेन्द्र कार्की, नेपाली काङ्ग्रेस पाटी सभापति बेदु गिरी,हिम शिखरका प्राचार्य,उद्योग बाणिज्य संघ भेरिका सचिब, विभिन्न संघसस्थाका प्रतिनिधी,विभिन्न बिद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुलाई मायाको चिनो स्वरुप सिन्की र आलु समेत बितरण गरिएको थियो ।

भेरीगंगा जेसीज २०७४ फागुन ११ गतेका दिन नबराज उपाध्यको अध्यक्षतामा भेरीगंगाका युवाहरू मिटिन बसि निर्णय भए बमोजिम नेपाल जेसीजको विभिन्न प्रकिया पूरा गर्दै सन् २०१९ को राष्ट्रिय महाधिवेशनबाट पुर्ण रुपमा आधिकारिक रुपमा मान्यता प्राप्त गरी विभिन्न गतिविधि गर्दै आइरहेको छ । उक्त कार्यक्रम भेरीगंगा जेसीजका महासचिव नबराज कार्कीले संचालन गर्नु भएको थियो ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले आफ्नो बार्षिक योजनाका रुपमा राख्नु भएको एक शाखा एक जेसीज गाउँ अभियानको यो वर्षको पहिलो जेसीज गाउँ घोषणा गरिएको हो ।