समाचार

रुखले च्यापेर वडा सदस्यको मृत्यु

काठमाडौं, फागुन १३ । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ । तल्लो डोल्पा अन्तर्गत जगदुल्ला गाउँपालिका वडा ३ थापा गाउँ बस्ने वर्ष ३९ की बुद्धिरुपा विकको रुखले च्यापेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

जंगलमा भेडा चराउन गएको बेला खस्रुको रुख ढलेर च्यापिँदा गम्भीर घाइते विकलाई उपचारको लागि घरतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । मृतक विक स्थानीय तहको निर्वाचनमा जगदुल्ला गा‍उँपालिका वडा नं.३ को दलित महिला सदस्यमा निर्वाचितसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।