राजनीति

मेचीनगरमा माओवादी केन्द्रको एउटा वडा नै एमालेमा समाहित

मेचीनगर, बैशाख २५ । झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

समाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी रहेको एमालेका नेता एवम् प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए ।

शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर संघ टोकला इकाई परिवार एमालेमा समाहित भएका हुन् ।

एमालेमा समाहितहुनेरुमा नेकपा माओवादी केन्द्र मेचीनगर कमिटि सदस्य दिपेन्द्र रिजाल, ८ नम्बर वडा कमिटि अध्यक्ष कुन्दन निरौला, अखिल नेपाल चिया मजदुर संघका केन्द्रीय सचिव तिलक दर्जी, टोकला चिया इकाई अध्यक्ष द्वारीक गुरुङ, वडा कमिटि सदस्यहरु धर्मलाल राजवंशी, रुद्रलाल पुरी, इन्दिरा अधिकारी (राधा) र वडा सदस्य तथा वाइसिएल वडा कमिटि इञ्चार्ज रमेश नेपाली रहेका छन् ।

दुई दशक अघिदेखि माओवादी केन्द्रमा आबद्ध रहेका मेचीनगर ८ वडा कमिटीका अध्यक्ष कुन्दन निरौलाका अनुसार देश र जनतालाई निकास दिने एक मात्र पार्टी केपी ओली नेतृत्वको एमाले रहेको हुँदा आफुहरू एमालेमा समाहित भएको बताए ।