खेलकुद

बार्सिलोना र एट्लेटिको बराबरी

काठमाडौं, बैशाख २६ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

शनिबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदानमा शीर्ष स्थानको एट्लेटिकोसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीसँगै एट्लेटिकोले ३५ खेलमा ७७ अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिको बार्सिलोना भन्दा २ अंकले मात्र अघि रहेको छ ।

दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ७५ अंक छ ।