राजनीति

ओलीलाई नेपाल समूहको आज बिहान ९ बजेसम्मको अल्टिमेटम, के सहमती हुन्छ त ?

काठमाडौं, बैशाख २७ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन र सहमतिका साथ पार्टीलाई अगाडि बढाउन समय दिएका छन् ।

नेपाल समूहका सांसदहरूको आइतबार सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीलाई माग सम्बोधनका सन्दर्भमा सोमबार बिहान ९ बजेसम्मको समयसीमा दिने निर्णय गरेको नेपाल–खनाल पक्षका नेता योगेश भट्टराईले जानकारी दिए ।

सर्वोच्च अदालतको आदेशले दुईवटा पार्टीको एकतालाई भङ्ग गरेपछि पार्टीलाई पूर्ववत रूपमा नै सञ्चालन गर्नुपर्ने अडान लिँदै आएको नेपाल समूहले सोही अडानमा अडिग रहँदै त्यसमा अध्यक्षको प्रतिवद्धता खोजेको हो ।

सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ ।