शिक्षा

कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने

झापा, भदौ १६ । कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने निश्चित भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको आज (बुधबार) बसेको बैठकले ३० भदौदेखि ८ गते असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो।

यसअघि ३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिड १९ को कारण देखाएर स्थगित भएको थियो। त्यस्तै, कक्षा १२ को परीक्षा यसअघि दुई पटक स्थगित भएको थियो ।

यसपटकको परीक्षामा नेपालभरिका माध्यमिक विद्यालयबाट पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदैछन् । सरकारले उनीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।