विविध

संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपी पक्राउ

काठमाडौं, भदौ २६ । संखुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनुसार ६ जनाको हत्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की हत्या भएका परिवारकाे आफ्नै खलक रहेका छन ।

लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको रड र रगतले लतपतिएको कपडा भटिएपछि उनी शङ्काको घेरामा परेका थिए ।

पक्राउ परेका व्यक्तिको सर्टमा लागेको रगत र मृतकको डिएनए परीक्षणका लागि पठाइएको र उक्त परीक्षणको रिपोर्टपछि लोकबहादुरलाई  पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिने प्रहरीले बताएको छ ।

घटना भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी टोली घटनास्थल पुगेको थियो । आरोपितले सिआईबीका प्रहरी समक्ष आफूले हत्या गरेको स्वीकारेको प्रहरी क्षेतले बताएको छ । व्यक्तिगत रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

संखुवासभाको मादीमा हत्याको घटना अपडेट : बल्ल पुग्यो धरानको टोली, चिकित्सक, डग र प्रहरी घटनास्थलमा – SajhaPana

मादी नगरपालिका उम्लिङ खोलागाउँ र इलाका प्रहरी कार्यालय चैनपुर निकै टाढा रहेको छ। विकट पनि । उम्लिङ खोलागाउँ पुग्न इलाका प्रहरी कार्यालयबाट साढे २ घण्टा गाडीमा र गाडीबाट ओर्लिएपछि थप ३ घण्टा पैदल हिड्नुपर्छ ।
सोही कारण अनुसन्धानमा प्रहरीलाई समयमै घटनास्थल पुग्न समस्या भएको थियो ।

गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।