राजनीति

कांग्रेस मेचीनगर ९ को निर्वाचित समितिलाई स्वागत सम्मान

धुलावारी असोज २ । नेपाली कांग्रेस मेचीनगर ९ ले हालै सम्मन्न वडा अधिवेशनबाट निर्वाचित वडा पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिहरुलाई आज एक कार्यक्रमकाबिच सम्मान तथा स्वागत गरेको छ ।
धुलावारी स्थित अतिथि सदनमा आयोजित मेचीनगरका नेता तथा कार्यकर्ताहरुको बिशाल भेलाकाबिच उनीहरुलाई परिचयात्मक सहित सम्मान गरेको हो ।
वडा सभापति उद्धव बानियाँको सभापतित्व तथा जिल्ला उपसभापति एवम् जिल्ला सभापतिका प्रत्यासी राम कट्टेलको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर १ बाट पाटीको १४ औ महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारहरुले आफ्नो उम्मेदवारी समेत प्रस्तुत गरेका थिए ।
कांग्रेसमा उत्साह, एकता र रुपान्तरण भन्ने नाराका साथ भएको उक्त समारोहमा वडा देखि केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरुको उल्लेखिय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रमेश दाहालले गर्नु भएको थियो ।