संघ \संस्था

बुधबारे जेसीजद्वारा शेयर बजार तालिम सम्पन्न

बुधबारे, असोज २ । बुधबारे जेसीजको आयोजनामा आज बुधबारेमा शेयर बजार सम्बन्धि तालिम सम्पन्न भएको छ ।

जेसीज सप्ताह अन्तर्गत तालिम आयोजना भएको हो । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा शिक्षासेबी ज्ञानेन्द्र धिमिरेको प्रमुख आतिथ्यमा भएको तालिममा ५० बढीको सहभागिता थियो ।

एक्सेल डेभलपमेन्ट बैंकका एजिएम अशोक क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको तालिमको सहजीकरण सन्दीपकुमार चौधरीले गरेका थिए ।

एक्सेल डेभलपमेन्ट बैंकको सहजीकरणमा भएको तालिममा कार्यक्रमको औचित्य माथी प्रकाश अध्यक्ष वाग्लेले गरेका थिए । प्रमुख अतिथि घिमिरे, विशिष्ट आतिथि क्षेत्रीले मन्तव्य राखेको तालिममा स्वागत मन्तव्य कार्यक्रम सम्योजक उमेश भट्टराईले राखेका थिए । गोकुल पौडेलले जेसीज आस्था बाचन गरेको तालिमको संचालन महासचिव सुजित बरालले गरेका थिए ।
थ्यग कभलत
फोटो